हैजा सम्बन्धि जानकारी

Published on: 2019-05-09

मिति: २०७६-०१-२६   

हैजा संक्रमण देखिएको ठाउँबाट संकलन गरिएको पानीको नमुना परिक्षणको नतिजा :  

काठमाडौँ महानगरपालिका वडा न १३, हैजा संक्रमित बिरामीको घरबाट ल्याईएको ३ वटा पानीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको परीक्षण नतीजामा ३ वटै पानीमा प्रसस्त मात्रामा Coliform भेटिएको र पानीमा हैजाको जीवाणु नभेटिएको ।

 

मिति: २०७६-०१-२४ ,दिउसो ४:०० बजे

- काठमाडौँ महानगरपालिका वडा न. १३ निवासी, ४५ बर्षीय पुरुष झाडापखालाको बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचारको लागी मिति २०७६-०१-१७ गते भर्ना भएको ।

- उक्त बिरामीको दिसाको नमुना संकलन गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु दुवैमा परीक्षण गर्दा मिति २०७६-०१-२२ गते हैजा प्रमाणित भएको ।

- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट उक्त बिरामीको घर गई स्थलगत निरिक्षण गरेको र बिरामीको स्थिती बुझ्दा सामान्य रहेको र अन्य परिवारका कुनै पनि सदस्यमा झाडापखाला नदेखिएको ।

- बिरामीको घरबाट विभिन्न स्रोतका ३ वटा पानीको नमुना संकलन गरी पानीको परिक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा लगीएको र परीक्षणको नतिजा आउन बाँकी ।

- हाल स्थिति सामान्य रहेको ।

Latest Publications

eventimg

Aug 10

PEN-Plus Orientation Manual for Mid-Level Health Care workers

PEN-Plus कार्यक्रम लागु भएका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मिहरुलाइ कार्यक्रमको अभिमुखीकरण गर्न सहयोग पुर्याउन ।

Read More
PEN-Plus Orientation Manual for Mid-Level Health Care workers
eventimg

Jul 7

National Health Rehabilitation Strategic Action Plan 2082083-2087088

National Health Rehabilitation Strategic Action Plan 2082083-2087088

Read More
National Health Rehabilitation Strategic Action Plan 2082083-2087088
eventimg

May 5

Surveillance Case Definitions of Prioritized Infectious Diseases

It is a surveillance case definitions of prioritized infectious diseases.

Read More
Surveillance Case Definitions  of Prioritized Infectious  Diseases