मिति: २०७६-०१-२६
हैजा संक्रमण देखिएको ठाउँबाट संकलन गरिएको पानीको नमुना परिक्षणको नतिजा :
काठमाडौँ महानगरपालिका वडा न १३, हैजा संक्रमित बिरामीको घरबाट ल्याईएको ३ वटा पानीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको परीक्षण नतीजामा ३ वटै पानीमा प्रसस्त मात्रामा Coliform भेटिएको र पानीमा हैजाको जीवाणु नभेटिएको ।
मिति: २०७६-०१-२४ ,दिउसो ४:०० बजे
- काठमाडौँ महानगरपालिका वडा न. १३ निवासी, ४५ बर्षीय पुरुष झाडापखालाको बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचारको लागी मिति २०७६-०१-१७ गते भर्ना भएको ।
- उक्त बिरामीको दिसाको नमुना संकलन गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु दुवैमा परीक्षण गर्दा मिति २०७६-०१-२२ गते हैजा प्रमाणित भएको ।
- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट उक्त बिरामीको घर गई स्थलगत निरिक्षण गरेको र बिरामीको स्थिती बुझ्दा सामान्य रहेको र अन्य परिवारका कुनै पनि सदस्यमा झाडापखाला नदेखिएको ।
- बिरामीको घरबाट विभिन्न स्रोतका ३ वटा पानीको नमुना संकलन गरी पानीको परिक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा लगीएको र परीक्षणको नतिजा आउन बाँकी ।
- हाल स्थिति सामान्य रहेको ।
Dec 29
प्रस्तावना: जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ ले व्यवस्था गरे बमोजिम सूचीकृत गरिएका सङ्‍क्रामक रोग र जनस्वास्थ्य सम्बन्धी अनपेशित घटना देखिएमा सो को जानकारी सम्बन्धित निकायमा तोकिएको समयावधिभर सूचना सम्प्रेषण गरी सङ्‍क्रामक रोग तथा जनस्वास्थ्य घटनाको सूचना सङ्‍कलन, प्रतिवेदन, विश्लेषण, सञ्चार र प्रतिकार्य गर्न तथा अन्त्तराष्ट्रिय स्वास्थ्य नियमावली २००५ (International Health Regulations 2005) अनुरुप निरन्त्तर रुपमा रोग निगरानी गरी केही रोगहरुलाई तत्कालै अन्त्तराष्ट्रिय तहमा प्रतिवेदन गर्नुपर्ने दायित्व रहेकोले, ऐनको दफा ६४ ले दिएको अधिकार प्रयोग गरी स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालयले यो निर्देशिका जारी गरेको छ।
Read MoreSep 18
National Guideline for SAMPLE COLLECTION AND TRANSPORTATION DURING ACUTE PUBLIC HEALTH EVENTS 2025
Read MoreJul 21
SEARCH AND DESTORY MOSQUITO HABITATS LEAFLET
Read More