सुनसरी जिल्ला अन्तरगत धरान उप महानगर पालिकामा फैलिएको डेंगु रोगको वस्तुस्थिती:
मिति: २०७६/०३/०२
- मिति २०७६ बैशाख ३० गते वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो डेंगु रोग निदान भएको ।
- मिति २०७६ आषाढ ०२ गते सम्ममा वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण गरेका मध्ये ५०५ जनामा डेंगु पोजिटिभ देखा परेको ।
- मिति २०७६ आषाढ ०२ गते सम्ममा बिजयपुर अस्पताल धरानमा परीक्षण गरेका मध्ये जम्मा ९३ जनामा डेंगु पोजिटिभ देखा परेको ।
- मिति २०७६ आषाढ ०२ गते सम्ममा एपेक्स अस्पताल १ जना र इटहरी अस्पतालमा ५ जनामा डेंगु रोग देखा परेको ।
- अन्य वार्ड नं ९, ७ र १३ मा पनि रोग देखा पर्न थालेको ।
- हाल सम्म जम्मा विरामी संख्या: ६०४ जना ।
- कसैको पनि मृत्यू नभएको ।
मिति २०७६ आषाढ ०२ गते भए गरेका क्रियाकलापहरु:
- विहान धरान उप महानगरपालिकाको मेयरज्यू सहितको टिम, जनप्रतिनिध, प्रहरी, बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टिम, स्वास्थ्यकर्मी, विश्व स्वास्थ्य संगठनबाट खटि आउने टिमले वार्ड नं ८ मा लामखुट्टेको वासस्थान खोजी लार्भा खोजी नष्ट गर्ने कार्य गरियो ।
- वार्ड नं. १५ मा विहान देखि नै घरघरमा गई लामखुट्टेको वासस्थान खोजी लार्भा खोजी नष्ट गर्न टिम परिचालन गरियो ।
- वार्ड नं. १५, १४, ४ र ८ मा विहानै देखि डेंगु रोग नियन्त्रण सम्वन्धि माइकिङ्ग गरियो ।
- विजयपुर अस्पतालमा गई डेंगु रोगको तथ्यांक अद्यावधि गरियो ।
- धरान उप महानगरपालिकाको संयोजकसंग भेटी आगामी कार्यक्रमहरु संचालन सम्वन्धि छलफल गरियो ।
- इटहरी उप महानगरपालिकामा भोली डेंगु रोग सम्वन्धि अभिमुखिकरण गर्नका लागि कार्यक्रम तय गरिएको ।
नियन्त्रणका लागि गरिएका प्रयासहरु:
- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखावाट २०० Dengue RDT Kit र स्वास्थ्य कार्यालयवाट १०० Dengue Kit BPKIHS, Dharan पठाई पठाएको ।
- मिति २०७६ जेष्ठ १९ गते यस महाशाखाबाट ५०० Dengue RDT Kit, BPKIHS, Dharan पठाएको ।
- मिति २०७६/०२/२७ गते ३५० कीट पठाएको ।
- मिति २०७६/०२/२९ गते २०० कीट पठाएको ।
- मिति २०७६/०२/३० गते १००० कीट पठाइएको ।
- यस महाशाखाबाट नियमित रुपमा अस्पताल, जिल्ला र नगरपालिकाका फोकल पर्सनहरुसंग नियमित सम्र्पक भइरहेको ।
- नियमित रुपमा डेगु रोग नियन्त्रण तथा वच्ने उपायवारे सुचना दिने कार्य भइरहेको र डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भानष्ट गर्ने कार्यक्रमहरु नियमित रुपमा संचालन भई रहेको ।
- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राविधिक टिम प्रकोप क्षेत्रमा खटिइ सकिएको ।
- सो रोग नियन्त्रण तथा व्यवस्थापनको र थप अनुसन्धानको लागि विश्व स्वास्थ्य संगठनबाट टिम प्रभावित स्थानहरुमा कार्य गरिरहेको ।
- मिति २०७६/३/१ डेंगु ज्वरोको Sero Prevalence सम्वन्धि थप अनुसन्धानको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट टिम प्रभावित स्थान पुगिसकिएको ।
- मिति २०७६ आषाढ १ गते डेंगु बढि प्रभिावित वार्ड नं ८ र १५ का सम्पूर्ण वार्डका सदस्यहरु, र समाजसेवि, वुद्धिजिवीहरसंग रोग नियन्त्रण तथा व्यवस्थापन सम्वन्धि छलफल कार्यक्रम सम्पन्न गरिएको ।
- मिति २०७६ आषाढ १ संघिय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीज्यू प्रकोपजन्य क्षेत्रमा भए गरेका कार्यहरुको निरिक्षण तथा विरामीहरुलाई भेटघाट गरी समस्याहरुको वारेमा जानकारी लिनु भएको ।
- माननीय राज्यमन्त्रीज्यूको निरिक्षणको समयमा स्वास्थ्य निर्देशक, स्वास्थ्य कार्यालय मोरङ्ग, सुनसरीका प्रमुखज्यूहरु, उप महानगरपालिकाका तथा नगरपालिकाका मेयरज्यूहरु, स्वास्थ्यकर्मी, चिकित्सक, विश्व स्वास्थ्य संगठन र बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर र चिकित्सकहरुको उपस्थिती रहेको थियो ।
इटहरी उप महानगरपालिका:
- यस उप महानगरपालिकामा मिति २०७६/०२/१९ गते देखि आषाढ १ गते सम्म जम्मा ७ जनामा डेंगु रोग देखा परेको ।
- रोग नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालय, उप महानगर पालिका उपस्थिती मा इटहरी अस्पतालका मे.अ.को अध्यक्षतामा RRT को वैठक वसि नियमित रुपमा क्रियाकलापहरु भइरहेको ।
- रोग प्रकोप क्षेत्र तथा प्रकोप हुन सक्ने सम्भावना भएको स्थानहरुमा समयामानै नियन्त्रण गर्नका लागि कर्मचारीहरुलाई जिम्मेवारीका साथ परिचालन गरि सकिएको ।
- उप महानगरपालिकाको सवै स्थानहरुमा जनचेतना मूलक कार्यक्रम र डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भानष्ट गर्ने कार्यक्रमहरु नियमित रुपमा संचालन भई रहेको ।
स्वास्थ्य कार्यालय: मोरङ्ग
- स्वास्थ्य कार्यालय मोरङ्गका प्रमुख श्री ज्ञान वहादुर वस्नेत र फोकल पर्सन उत्सव पोख्रेलसंग समन्वय गर्दा मोरङ्ग जिल्लामा मिति २०७६/३/१ गते सम्म जम्मा ९ जना डेंगु ज्वरो देखा परेको ।
- सो विरामी एकै स्थानको नभई मोरङ्ग विभिन्न नगरपालिकाको भएको ।
- रोग नियन्त्रण तथा प्रचार प्रसारको लागि जिल्ला मातहतका RRT लाई जानकारी गराई सकिएको जानकारी प्राप्त भयो ।
- स्वास्थ्य कार्यालय मोरङ्ग र नगरपालिकाको सहकार्यमा डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भानष्ट गर्ने कार्यक्रमहरु नियमित रुपमा संचालन भई रहेको ।
२०७६।२।२५ गते
- RRT द्वारा धरान १९ मा जनचेतना तथा घर दैलो अभियानको अगुवाइ गरिएको ।
- एमविविएस, नर्सिङ्ग तथा एमपिएच अध्ययनरत विधार्थीहरुलाइ डेङ्गु नियन्त्रणको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको ।
- विभिन्न टोलहरुमा घरदैलो अभियान जारी
- हाल सम्मको विरामी सख्या
- BPKIHS घोपाको २००
- बाहिरको ४० गरी
- जम्मा २४० जना ।
मिति: २०७६/०२/२४ गते
- विहान ८ वजे प्रदेश न १ सम्माननीय सभामुख, माननीय सामाजिक विकास मन्त्रीज्यू, BPKIHS को उपकुलपति तथा अस्पताल निर्देशक ज्यूको समेत उपस्थितिमा RRT सदस्यहरु सँग डेङ्गुको अवस्थाको बारे छलफल र स्थलगत निरिक्षण ।
- वडा नं १४ मा किटजन्य रोग नियन्त्रण तालिम केन्द्र तथा अनुसन्धान केन्द्र हेटौडाको सहयोगमा लामखुट्टे तथा लार्भा समाति अन्य वडाहरुमा प्रदर्शन तथा लार्भा चिनाउने अभियान जारी
- RRT द्वारा धरान उपमहानगरपालिका वडा नं ९ मा जनचेतना तथा लार्भा र लामखुट्टे प्रदर्शन गरी स्थानीय वडा वासी लाइ जानकारी गराईएको।
- वडा नं १० मा विभिन्न स्थानमा घरदैलो तथा लार्भा नष्ट गरी सैनिक भवनमा जनचेतना कर्यक्रम संचालन गरिएको ।
- स्थानीय कृति टेलिभिजन द्वारा प्रदर्शन हुने विभिन्न विशेषज्ञ चिकित्सक सहित RRT को सदस्यहरुको उपस्थितिमा डेङ्गु सम्वन्धी जनचेतनामुलक कार्यक्रमको छायाङ्कन गरिएको ।
मिति: २०७६/०२/२३ गते वेलुका ५ बजे
- २०७६।१।३० गते ३ जना वालवालिकामा डेङ्गु भएको BPKIHS बाट प्रमाणित भएको।२०७६।१।३१ गते BPKIHS बाट Fogging Machine माग गरि वडा नं १५ मा फगिङ्ग कार्य शुरु गरि हालसम्म जारी रहेको ।
- २०७६।२।१ गते देखि वडा नं १५ को विभिन्न स्थानमा स्वास्थ्य शाखा द्वारा जनचेतना कार्यक्रम संचालन भएको ।
- विभिन्न निजी तथा BPKIHS बाट डेङ्गु प्रमाणित भएको विरामीहरुको तथ्याङ्क संकलन कार्य गरिएको ।
- २०७६।२।२ गते माननीय स्वास्थ्य राज्यमंत्रीज्यूलाइ डेङ्गुको अवस्थाबारे जानकारी गराईएको ।
- २०७६।२।९ गते BPKIHS संग नियन्त्रणको लागि लिखित सहयोग माग गरिएको ।
- २०७६।२।९ गते वडा नं १५ को वडा कार्यालयमा टोल विकास संस्था र सरोकारवालाहरु संग छलफल तथा जनचेतना कार्यक्रम गरिएको ।
- २०७६।२।११ गते वडा नं १५ गते डेंगु नियन्त्रणका लागि जनचेतना कार्यक्रम तथा लार्भा नष्ट गर्न घरदैलो अभियान समेत गरिएको ।
- २०७६।२।१२ गते वडा नं १५को चुमलुङ्ग भवन र कृष्ण पथमा सर्वसाधारणलाइ जनचेतना तथा लार्भा पहिचान कार्यक्रम संचालान गरिएको ।
- २०७६।२।१५ गते BPKIHS बाट RRT गठन गरिएको ।
- २०७६।२।१६ गते सुनसरी जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी श्री ध्रुवकुमार खडका ज्यूको उपस्थिति मा च्च्त् लगायत नगर विपद व्यवस्थापन समिति कार्यपालिका सदस्यज्यू संग छलफल गरिएको
- २०७६।२।१७ गते वडा नं ५ मा RRT द्वारा जनचेतना तथा लामखुट्टेको लार्भा नष्ट गर्ने घरदैलो अभियान चलाईएको ।
- २०७६।२।१७ गते वडा नं १५ को सदन सभाहलमा RRT द्वारा जनचेतना कार्यक्रम संचालन गरिएको ।
- २०७६।२।१७ गते ४ वटा फगर खरीद गरिएको ।
- २०७६।२।१८ गते वडा नं १ र १४ र १५ मा जनचेतना तथा लार्भा नष्ट गर्ने अभियान संचालन भएको ।
- २०७६।२।१९ गते स्वास्थ्य सेवा विभाग महानिर्देशक ज्यू लगाएको टोली बाट स्थलगत निरीक्षण, छलफल, ङ्गुको विरामीसंग भेटघाटतथा डेङ्गु प्रभावित स्थानहरुको स्थलगत अवलोकन भएको ।
- २०७६।२।२० गते जिल्ला विपद व्यवस्थापन समितिको अगुवाइ तथा श्रीमान प्रजिअ प्रेमप्रकाश उप्रेति ज्यूको उपस्थितिमा धरानको समिक्षा तथा अन्य पालिकामा हुन सक्ने संभावित प्रकोपबारे छलफलमा RRT सहभागी
- २०७६।२।२१ वडा नं ६ मा जनचेतना कार्यक्रम संचालन
- वडा नं १५ मा विभिन्न २६ वटा समूह बनाइ लार्भा नष्ट गर्ने अभियान जारी
- २०७६।२।२२ विश्व वातावरण दिवसलाइ समेटि धरान उपमहानगरापालिका तथा RRT को सहभागितामा लार्भानष्ट गर्ने गरी विशाल जनसहभागित सहित Rally आयोजना
- २०७६।२।२२ गते RRT द्वारा वडा नं १७ मा राजनैतिक पार्टीको आमसभामा समेत जनचेतना कार्यक्रम
- BPKIHS, घोपामा आज सम्मको विरामी संख्या १३८
- अन्य अस्पतालहरुमा २५
- जम्मा विरामी संख्या १६३
Feb 23
This document presents a structured Rapid Risk Assessment (RRA) conducted at the local level to evaluate public health threats, system readiness, and response capacity. It outlines the methodology used to identify hazards, assess exposure and vulnerability, and determine risk magnitude through qualitative and semi-quantitative scoring. The report analyzes local epidemiological patterns, health system resources, surveillance functionality, and community risk factors. Findings priority hazards, gaps in preparedness, and operational constraints affecting timely detection and response. The document concludes with targeted recommendations to strengthen local preparedness, enhance coordination mechanisms, improve data flow, and build response capacity for future outbreaks and emergencies.
Read MoreFeb 23
This document describes a comprehensive alert and response framework designed to ensure early detection, timely notification, and rapid response to public health events. It defines surveillance structures, reporting pathways, verification procedures, and escalation thresholds across different administrative levels. The framework details roles and responsibilities of health authorities, rapid response teams, laboratories, and coordination bodies. It emphasizes standardized timelines, performance monitoring indicators, and decision-making protocols for outbreak management. The framework aims to improve system efficiency, reduce response delays, and strengthen integrated public health emergency management through clear operational guidance and accountability mechanisms.
Read MoreFeb 9
Community-Based Disease Surveillance System Facilitator's Guide
Read More