गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा फैलिएको झाडापखालाको अवस्था

Published on: 2019-05-03

गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखालाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट आज  मिति २०७६०१२० गते प्राप्त रिपोर्ट अनुसार  

  • गुल्मी जिल्लाको मुसिकोटमा नगरपलिका वडा न ४, दजाकोटमाबाट ४ वटा पानीको नमूना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परिक्षण गर्दा ४ वटै पानीमा प्रशस्त मात्रामा Coliform देखिएको र त्यसै गरी ४ वटा बिरामीहरुको दिसाको नमूना परिक्षण गर्दा १ जनामा Shigella flexneri भेटिएको । 

 

गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखालाको पछिल्लो अवस्था (मिति २०७६/०१/१८दिउसो :00 बजे)

  • गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न ४ दजाकोट मा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९३ जना बिरामीहरुको उपचार भएको ।
  • मिति २०७६/०१/१७ देखि आज मिति २०७६/०१/१८ सम्ममा कुनैपनि थप नयाँ  झाडापखालाक बिरामी नभएको र स्थिती नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको ।

 

गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखालाको पछिल्लो अवस्था (मिति २०७६/०१/१७, दिउसो 
:४५ बजे)

  • गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न ४ दजाकोटमा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९३ जना बिरामीहरुको उपचार भएको ।
  • आज मिति २०७६/०१/१७ मा कुनैपनि थप नयाँ  झाडापखालाक  बिरामी नभएको र स्थिती नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको ।

 

मिति २०७६/०१/१६  को :३० बजे साझ सम्मको पछिल्लो अवस्था:

  • गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न ४ दाजकोट मा मिति २०७६/०१/१० देखि  हाल सम्म जम्मा १९३ जना बिरामीहरुको उपचार भएको ।
  • ती मध्ये जम्मा १८५ जना झाडापखालाका बिरामी रहेका ।
  • १ जना नँया बिरामी को आज मिति २०७६/०१/१६ उपचार गरिएको जानकारी प्राप्त ।
  • ४ वटा बिरामीहरुको दिसाको नमूना र ४ वटा पानीको नमूना संकलन गरि परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा आज मिति २०७६/०१/१६ ल्याएर परिक्षण हुँदै गरेको । 
  • आज मिति २०७६/०१/१६ गते खानेपानी तथा ढल निकास बिभाग, काठमाडौँ बाट ल्याबका टोलिले मुसिकोट नगरपालिका वडा न ४ दाजकोटमा पुगी ४ वटा पानी को नमुना संकलन गरि परिक्षणको लागि काठमाडौँ ल्याईएको जानकारी प्राप्त ।
  • आजै स्थानीय, जिल्ला र केन्द्रवटा परिचालित टोलिले महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय लाई सरसाफई तथा स्वच्छ खानेपानी सम्बन्धि जनचेतना मूलक कार्यक्रम चलाएको।
  • स्थिती नियन्त्रणमा रहेको ।

 

गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखाला हुम्ला जिल्लाको ताँजाकोटमा देखिएको रुघाखोकीको पछिल्लो अवस्था (मिति २०७६/०१/१५, बेलुका :३० बजे)

  • गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न. ४ मा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९२ जना झाडापखालाका बिरामीहरुको उपचार गरिएको जस मध्ये २५ जनाको मिति २०७६/०१/१५ उपचार गरिएको ।
  • ४ वटा बिरामीहरुको दिसाको नमूना र ४ वटा पानीको नमूना संकलन गरि थप परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ल्याउदै गरिएको । 
  • स्थिती नियन्त्रणमा रहेको ।

 

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. , दजाकोटमा फैलिएको झाडापखालाको मिति २०७६/०१/१५ को अवस्था:

  • झाडापखालाका विरामी मिति २०७६/०१/१० देखि देखा परेको र शुरु भएको ।
  • स्वास्थ्य कार्यालय, गुल्मी र मुसिकोट न.पा.बाट Rapid Response Team सहित स्वास्थ्यकर्मीको टोली आवश्यक औषधी सहित सो रोगको नियन्त्रण तथा व्यस्थापन गर्न परिचालन भएको ।
  • हालसम्म १६७ जना झाडापखालाको विरामीको उपचार भइसकेको ।
  • मिति २०७६/०१/१४ गते एक जना १२ वर्षिय बालकको झाडापखालाको कारण स्वास्थ्य संस्थाको सम्पर्कमा नआई घरैमा मृत्यु भएको ।
  • ६ जना बिरामीलाई जिल्ला अस्पताल गुल्मीमा रिफर गरिएको र १ जनाको भरतपुर अस्पताल, चितवनको आई.सि.यू. मा उपचार भईरहेको ।
  • सो मुहानको पानीको नमूना संकलन गरि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पामा परिक्षण गर्दा प्रशस्त मात्रामा Coliform देखिएको ।
  • गुल्मी अस्पतालमा ५ जना विरामीको जाँच गर्दा इन्टामिवा हिस्टोलाइटिका Entamoeba histolytica परजिवी देखा परेको र साथै अरु विरामीको दिसा नमूना र पानीको नमूना संकलन गरि थप परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ल्याउदै गरिएको ।
  • विरामीहरुलाई स्थानीय स्कुलमा स्वास्थ्य शिविर संचालन गरि उपचार भईरहेको ।
  • हाललाई स्थानीयहरुले खानेपानीको बैकल्पिक मुहान प्रयोग गरिरहेको । पानी उमालेर खान सल्लाह तथा सुझाव दिइएको ।
  • यस महाशाखाबाट रोग नियन्त्रण तथा व्यवस्थापन गर्न थप परिक्षणको लागि नमूना संकलन गर्न विश्व स्वास्थ्य संगठनका चिकित्सक सहितको टोली मिति २०७६/०१/१३ गतेदेखि प्रभावित स्थलतर्फ परिचालन गरिएको ।
  • मिति २०७६/०१/१४ गतेका दिन जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, गुल्मी अस्पतालका मे.सु. तथा विश्व स्वास्थ्य संगठनका चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुसंग बैठक वसी नियन्त्रणका कार्य अगाडी वढाइएको ।
  • स्थिती नियन्त्रणमा रहेको ।

Latest Publications

eventimg

Dec 30

National Standard Operating Procedure (SOP) for Early Warning, Alert and Response System (EWARS), 2025

Preamble Pursuant to Section 49 of the Public Health Service Act, 2075 (2018), in cases where listed infectious diseases or unforeseen public health events occur, information shall be communicated to the concerned authority within the prescribed time frame. This obligation is to ensure the collection, reporting, analysis, communication, and response relating to infectious diseases and public health events, as well as to conduct continuous disease surveillance in accordance with the International Health Regulations, 2005 (IHR 2005), under which certain diseases must be reported immediately at the international level. Accordingly, in exercise of the authority conferred by Section 64 of the Act, the Ministry of Health and Population, Department of Health Services hereby updated the EWARS Standard Operating Procedure 2025.

Read More
National Standard Operating Procedure (SOP) for Early Warning, Alert and Response System (EWARS), 2025
eventimg

Dec 29

Community Based Disease Surveillance Guideline, 2082

प्रस्तावना: जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ ले व्यवस्था गरे बमोजिम सूचीकृत गरिएका सङ्‍क्रामक रोग र जनस्वास्थ्य सम्बन्धी अनपेशित घटना देखिएमा सो को जानकारी सम्बन्धित निकायमा तोकिएको समयावधिभर सूचना सम्प्रेषण गरी सङ्‍क्रामक रोग तथा जनस्वास्थ्य घटनाको सूचना सङ्‍कलन, प्रतिवेदन, विश्लेषण, सञ्चार र प्रतिकार्य गर्न तथा अन्त्तराष्ट्रिय स्वास्थ्य नियमावली २००५ (International Health Regulations 2005) अनुरुप निरन्त्तर रुपमा रोग निगरानी गरी केही रोगहरुलाई तत्कालै अन्त्तराष्ट्रिय तहमा प्रतिवेदन गर्नुपर्ने दायित्व रहेकोले, ऐनको दफा ६४ ले दिएको अधिकार प्रयोग गरी स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालयले यो निर्देशिका जारी गरेको छ।

Read More
Community Based Disease Surveillance Guideline, 2082
eventimg

Sep 18

National Guideline for SAMPLE COLLECTION AND TRANSPORTATION DURING ACUTE PUBLIC HEALTH EVENTS 2025

National Guideline for SAMPLE COLLECTION AND TRANSPORTATION DURING ACUTE PUBLIC HEALTH EVENTS 2025

Read More
National Guideline for SAMPLE COLLECTION AND TRANSPORTATION DURING ACUTE PUBLIC HEALTH EVENTS 2025