हुम्ला जिल्लाको ताजाकोट गाउँपालिकामा देखिएको रुघाखोकीको अवस्था:

Published on: 2019-05-03

हुम्ला जिल्लाको ताँजाकोटमा देखिएको रुघाखोकीको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट आज  मिति २०७६।०१।२० गते प्राप्त रिपोर्ट अनुसार

- रुघाखोकी संक्रमणको ५ बिरामीको घाटीको रयाल (Throat swab) नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परिक्षण गर्दा जनामा  मौसमी रुघा खोकी  Influenza A(H1N1)pdm 09 पोजेटीभ भेटिएको । 

- हाल स्थिती नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको ।

 

हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा बिगत केहि हप्ता देखि सुरु भएको रुघाखोकी संक्रमणको पछिल्लो 
अवस्था (मिति २०७६/०११८):

हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकाबाट  वटा संकास्पद बिरामीको घाटीको रयाल (Throat Swab)   जनाको दिसा को नमुना संकलन गरेर आज मिति २०७६/०१/१८ सुर्खेत ल्याएको र सुर्खेतबाट परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ल्याउने व्यवस्था मिलाउदै गरिएको व्यवस्था मिलाउदै गरिएको जानकारी प्राप्त।

स्थिती नियन्त्रणमा रहेको र बिरामीहरु पनि घट्दै गएका हुनालले प्रदेश अस्पताल, सुर्खेत बाट परिचालित ३ जना चिकित्सक र स्वास्थ्यकर्मीहरु प्रवाभित स्थलबाट सुर्खेत आजै फर्किसकेको र २ चिकित्सक सहित ५ स्वास्थ्यकर्मीहरु प्रवाभित स्थलमा  नै रहेको र उहाहरु पनि भोलि फर्कने तयारीमा रहेको जानकारी प्राप्त भएको ।

मिति २०७६/०१/१५ देखि मिति २०७६/०१/ १७ सम्म हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा प्रकोप नियन्त्रण तथा व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, कर्णाली प्रदेशबाट खटिएको चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुले स्वास्थ्य शिविर संचालन गरी उपचार कार्य गरेको (स्थानीय र प्रदेश बाट खटिएको स्वास्थ्यकर्मीद्वारा जानकारी प्राप्त)।

- मिति २०७६/०१/१५ देखि मिति २०७६/०१/१७ जम्मा ७४४ जना बिरामीहरुको  उपचार गररेको जस मध्ये:

- ४०२ जना महिला र ३४२ जना पुरुष रहेका ।

- २३९ जना रुघाखोकीको बिरामी रहेका ।

- ५५ जना झाडापखालाको बिरामी रहेका ।

- १७३ जना ग्यासट्राइटिसको बिरामी रहेका ।

- ४०  जना हाडजोर्नीको बिरामी रहेका ।

- २३७ जना अन्य रोगको बिरामी रहेका ।

 

मिति २०७६/०१/१७ गते दिउसो १:४५ बजे सम्म

- ५० जना बिरामीहरुको उपचार गरिएको जस मध्ये ११ रुघाखोकीका बिरामी रहेको जानकारी प्राप्त।

रुघाखोकीका बिरामीहरु घट्दै गरेको र ४ वटा संकास्पद बिरामीको घाटीको रयाल (Throat Swab) र १ जनाको दिसाको नमुना संकलन गरेर परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ल्याउने व्यवस्था मिलाउदै गरिएको जानकारी प्राप्त।

मिति २०७६/०१/१६ हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा प्रकोप नियन्त्रण तथा व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, कर्णाली प्रदेशबाट खटिएको चिकित्सक सहितको स्वास्थ्यकर्मीहरु तीन भागमा बिभाजन भई स्वास्थ्य शिविर संचालन गरी उपचार कार्य गरेको (स्थानीय र प्रदेश बाट खटिएको स्वास्थ्यकर्मीद्वारा जानकारी प्राप्त)।

१) वडा न. १ भैसामाझ सामुदायिक स्वास्थ्य ईकाईमा २०७६/०१/१६ गते जम्मा २३५ जना बिरामीहरुको शिविरमा उपचार गरिएको जस मध्ये:

- ७९ जना रुघाखोकीका बिरामी रहेका ।

- १९ जना झाडापखालाका बिरामी रहेका ।

- ६५ जना ग्यासट्राइटिसका बिरामी रहेका ।

- ७२  जना अन्य रोगको बिरामी रहेका ।

 

२) वडा न २ र ३ को बीचमा रहेको मैला हेल्थ पोष्ट मा जम्मा १७५ जना बिरामीहरु को उपचार गरिएको जस मध्ये:

- ६० जना रुघा खोकी को बिरामी रहेका ।

- ५० जना झाडापखालाको बिरामी रहेका ।

- २३ जना हाडजोर्नीको बिरामी रहेका ।

- ४२ जना अन्य रोगको बिरामी रहेका ।

 

३) वडा न ४ र ५ को बीचमा रहेको गोठयालडाँडा सामुदायिक स्वास्थ्य ईकाईमा जम्मा १३८ जना बिरामीहरु को उपचार गरिएको जस मध्ये: 

- ४१  जना रुघाखोकीका बिरामी रहेका ।

- १० जना झाडापखालाका बिरामी रहेका ।

- २५ जना ग्यासट्राइटिसका बिरामी रहेका ।

- ६२  जना अन्य रोगको बिरामी रहेका ।

 

हुम्ला जिल्लाको ताजकोट गाउँ पालिकामा बिगत केहि हप्ता देखि सुरु भएको रुघा खोकी संक्रमणको मिति २०७६/०१/१६ को पछिल्लो अवस्था:

आज मिति २०७६/०१/१६ हुम्ला जिल्लाको ताजकोट गाउँ पालिकामा प्रकोप नियन्त्रण तथा ब्यबस्थापन गर्न सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयबाट खटिएको चिकित्षक सहितको स्वास्थ्यकर्मीहरु तीन भागमा बिभाजन भई स्वास्थ्य शिविर संचालन गरी उपचार कार्य गरेको (स्थानिय र प्रदेश बाट खटिएको स्वास्थ्यकर्मीद्वारा जानकारी प्राप्त)।

१) वडा भैसामाझ सामुदायिक स्वास्थ्य ईकाई मा आज  २०७६/०१/१६ जम्मा २३५ जना बिरामीहरु को उपचार गरिएको जस मध्ये:

     - ७९ जना रुघा खोकी को बिरामी रहेका ।

     - बाँकी १५६ जना अन्य रोगको बिरामी रहेका ।

२) वडा को बीचमा रहेको मैला हेल्थ पोष्ट मा आज जम्मा १७० जना बिरामीहरु को उपचार गरिएको ।

३) वडा को बीचमा रहेको गोठयालडाँडा सामुदायिक स्वास्थ्य ईकाई मा खटिए को स्वास्थ्य टोलि संग टेलिफोन सम्पर्क हाल सम्म हुन नसकेको (थप बिवरण आउन बाकी)  सो प्राप्त हुनासाथ जानकारी गराउने छौँ ।

मिति २०७६/०१/१५ गते एक ६२ बर्षीय महिला पुरानो क्षयरोग (टि बी) तथा दमको रोगी रहेको र तीनले क्षयरोगको औसधि पुरा नगरी बीचाई मा छाडेको र स्वास्थ्य संस्थामा नआई घरमै मृत्यु भएको जानकारी प्राप्त । 

 

हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा बिगत केहि हप्ता देखि सुरु भएको रुघा खोकी संक्रमणको मिति २०७६/०१/१५, बेलुका ६:३० बजे सम्मको पछिल्लो अवस्था:

हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा प्रकोप नियन्त्रण तथा व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, कर्णाली प्रदेशबाट खटिएको चिकित्सक सहितको स्वास्थ्यकर्मीहरु निम्न अनुसार रहेको ।
१) डा. के येन पौडेल, प्रदेश अस्पताल, सुर्खेत
२) डा. केशब अधिकारी, प्रदेश अस्पताल, सुर्खेत
३) डा. टेक राज भट्टराई, प्रदेश अस्पताल, सुर्खेत
४) डा. मनोज तिमल्सिना, रातापानी प्राथमिक स्वास्थ्य केन्द्र, मुगु जिल्ला 
५) श्री श्याम लाल आचार्य, सम्पर्क व्यक्ति, प्रादेशिक Health Emergency Operation Center (PHEOC), सुर्खेत 
६) श्री बल भद्र यादव, हे.अ. स्वास्थ्य निर्देशनालय, कर्णाली प्रदेश 
७) श्री धर्म अधिकारी, ल्याब अ. स्वास्थ्य निर्देशनालय, कर्णाली प्रदेश 
८) श्री गगन परियार, अ. हे. व. रातापानी प्राथमिक स्वास्थ्य केन्द्र, मुगु जिल्ला 
– आज मिति २०७६ साल बैशाख १५ गते परिचालीत चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले मुख्य रुपमा ताँजाकोट गाउँपालिकाको वडा न २ र ३ मा केन्द्रीत भई मिति २०७६/०१/१५ गते जम्मा १३२ जनाको उपचार गरेको र मिति २०७६/०१/१६ वडा न. १ मा स्वास्थ्य शिविर संचालन गर्ने योजना रहेको ।
जस मध्ये:
४७ जनामा रुघाखोकीका बिरामी
३१ जनामा पेट दुख्ने समस्या
६ जना पखालाको बिरामी 
१२ जनामा हाडजोर्नी दुख्ने समस्या र 
३६ जना अन्य बिरामीहरुको उपचार गरिएको ।

 

हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका वडा नं। १, २, र ३ मा देखिएको रुघाखोकीको मिति २०७६/०१/१५ को अवस्था:

- स्थानीय ताजकोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी मोतिलाल जैसी तथा स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख तुलसी अधिकारी समेतबाट प्राप्त जानकारी अनुसार विगत केही हप्ता देखि उक्त बडाहरुमा रुघाखोकीको विरामीहरु देखा परेको तर विभिन्न संचारमाध्यममा आएजस्तो पुरै गाउँ प्रभावित हुनेगरी प्रकोपको अवस्था नरहेको ।

- मिति २०७५/१२/२६ गते देखि २०७६/०१/१४ गतेसम्म विभिन्न कारणले ९ जनाको मृत्यु भएको:
 एक जना १० महिनाको बालकको निमोनियको कारण घरैमा मृत्यु भएको ।
 एक जना ५ वर्षिय बालकको कुपोषणको कारण घरैमा मृत्यु भएको ।
 त्यसैगरि ७ जना दम (COPD) को दीर्घरोगबाट पहिले देखिनै पिडित व्यक्तिहरुको स्वास्थ्य संस्थामा आउनु अगाबै घरैमा मृत्यु भएको जानकारी प्राप्त ।

- आज मिति २०७६/०१/१५ गते सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेत, प्रदेश स्वास्थ्य निर्देशनालयबाट चिकित्सक डा. तेजराज भट्टराई, हे.अ. बलभद्र यादव, ल्या.अ. धर्म अधिकारी आवश्यक औषधी र नमूना संकलन गर्ने आवश्यक समाग्रीहरु सहित नेपाली सेनाको हेलिकप्टरबाट प्रभावित स्थलमा भर्खरै पुगेको ।

- थप चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आवश्यक औषधी र स्वास्थ्य शिक्षा समाग्री सहित प्रभावित स्थलतर्फ परिचालन हुन तयारी अवस्थामा रहेको ।

- स्थानीय स्वास्थ्यकर्मीबाट प्राप्त जानकारी अनुसार हाल स्थिति नियन्त्रणमा रहेको ।

Latest Publications

eventimg

Aug 10

PEN-Plus Orientation Manual for Mid-Level Health Care workers

PEN-Plus कार्यक्रम लागु भएका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मिहरुलाइ कार्यक्रमको अभिमुखीकरण गर्न सहयोग पुर्याउन ।

Read More
PEN-Plus Orientation Manual for Mid-Level Health Care workers
eventimg

Jul 7

National Health Rehabilitation Strategic Action Plan 2082083-2087088

National Health Rehabilitation Strategic Action Plan 2082083-2087088

Read More
National Health Rehabilitation Strategic Action Plan 2082083-2087088
eventimg

May 5

Surveillance Case Definitions of Prioritized Infectious Diseases

It is a surveillance case definitions of prioritized infectious diseases.

Read More
Surveillance Case Definitions  of Prioritized Infectious  Diseases