मिति: २०७६-०१-२६
हैजा संक्रमण देखिएको ठाउँबाट संकलन गरिएको पानीको नमुना परिक्षणको नतिजा :
काठमाडौँ महानगरपालिका वडा न १३, हैजा संक्रमित बिरामीको घरबाट ल्याईएको ३ वटा पानीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको परीक्षण नतीजामा ३ वटै पानीमा प्रसस्त मात्रामा Coliform भेटिएको र पानीमा हैजाको जीवाणु नभेटिएको ।
मिति: २०७६-०१-२४ ,दिउसो ४:०० बजे
- काठमाडौँ महानगरपालिका वडा न. १३ निवासी, ४५ बर्षीय पुरुष झाडापखालाको बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचारको लागी मिति २०७६-०१-१७ गते भर्ना भएको ।
- उक्त बिरामीको दिसाको नमुना संकलन गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु दुवैमा परीक्षण गर्दा मिति २०७६-०१-२२ गते हैजा प्रमाणित भएको ।
- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट उक्त बिरामीको घर गई स्थलगत निरिक्षण गरेको र बिरामीको स्थिती बुझ्दा सामान्य रहेको र अन्य परिवारका कुनै पनि सदस्यमा झाडापखाला नदेखिएको ।
- बिरामीको घरबाट विभिन्न स्रोतका ३ वटा पानीको नमुना संकलन गरी पानीको परिक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा लगीएको र परीक्षणको नतिजा आउन बाँकी ।
- हाल स्थिति सामान्य रहेको ।
Jul 10
Standards for establishing snakebite treatment centers, 2077
Read MoreJun 4
Feb 11
नेपालमा नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखी आउँदो फागुन महिनाभर नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन हुँदैछ । नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह, रक्तचाप, मिर्गौला सम्बन्धी रोगको जाँच र BMI मापन गरी आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनुहोस् र स्वास्थ्य प्रतिको आफ्नो जिम्मेवारी पुरा गर्नुहोस् ।
Read More