National Guidelines for Rabies Prophylaxis and Management in Nepal

News & Update

Jan 1

धरान उप महानगरपालिकामा फैलिएको डेंगु रोगको वस्तुस्थिती

सुनसरी जिल्ला अन्तरगत धरान उप महानगर पालिकामा फैलिएको डेंगु रोगको वस्तुस्थिती: मिति: २०७६/०३/०१ -    मिति २०७६ बैशाख ३० गते वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो डेंगु रोग निदान भएको । -    मिति २०७६ आषाढ १ गते सम्ममा वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण गरेका मध्ये मध्ये ५०४ जनामा डेंगु पोजिटिभ देखा परेको । -    मिति २०७६ आषाढ १ गते सम्ममा बिजयपुर अस्पताल धरानमा परीक्षण गरेका मध्ये जम्मा ६९ जनामा डेंगु पोजिटिभ देखा परेको । -    मिति २०७६ आषाढ गते सम्ममा एपेक्स अस्पताल १ जना र इटहरी अस्पतालमा ३ जनामा डेंगु रोग देखा परेको । -    धरान नगरपालिकाको वार्ड नं १५ र ८ वढि प्रभावित भएको सो वार्डहरुको जनसंख्या: ९७१३ रहेको । -    अन्य वार्ड नं ९, ७ र १३ मा पनि रोग देखा पर्न थालेको । -    हाल सम्म जम्मा विरामी संख्या: ५७६ जना । -    कसैको पनि मृत्यू नभएको ।     नियन्त्रणका लागि गरिएका प्रयासहरु: -    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखावाट २०० Dengue RDT Kit र स्वास्थ्य कार्यालयवाट १०० Dengue Kit  BPKIHS, Dharan पठाई पठाएको   । -    मिति २०७६ जेष्ठ १९ गते यस महाशाखाबाट ५०० Dengue RDT Kit,  BPKIHS, Dharan  पठाएको । -    मिति २०७६/०२/२७ गते ३५० कीट पठाएको । -    मिति २०७६/०२/२९ गते २०० कीट पठाएको । -    मिति २०७६/०२/३० गते १००० कीट पठाइएको । -    यस महाशाखाबाट नियमित रुपमा अस्पताल, जिल्ला र नगरपालिकाका फोकल पर्सनहरुसंग नियमित सम्र्पक भइरहेको । -    नियमित रुपमा डेगु रोग नियन्त्रण तथा वच्ने उपायवारे सुचना दिने कार्य भइरहेको र डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भानष्ट गर्ने कार्यक्रमहरु नियमित रुपमा संचालन भई रहेको । -    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राविधिक टिम प्रकोप क्षेत्रमा खटिइ सकिएको  । -    सो रोग नियन्त्रण तथा व्यवस्थापनको र थप अनुसन्धानको  लागि विश्व स्वास्थ्य संगठनबाट टिम प्रभावित स्थानहरुमा कार्य गरिरहेको । -    मिति २०७६/३/१ डेंगु ज्वरोको Sero Prevalence सम्वन्धि थप अनुसन्धानको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट टिम प्रभावित स्थान पुगिसकिएको । -    मिति २०७६ आषाढ १ गते डेंगु बढि प्रभिावित वार्ड नं ८ र १५ का सम्पूर्ण वार्डका सदस्यहरु, र समाजसेवि, वुद्धिजिवीहरसंग रोग नियन्त्रण तथा व्यवस्थापन सम्वन्धि छलफल कार्यक्रम सम्पन्न गरिएको । -    मिति २०७६ आषाढ १ संघिय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीज्यू प्रकोपजन्य क्षेत्रमा भए गरेका कार्यहरुको निरिक्षण तथा विरामीहरुलाई भेटघाट गरी समस्याहरुको वारेमा जानकारी लिनु भएको । -    माननीय राज्यमन्त्रीज्यूको निरिक्षणको समयमा स्वास्थ्य निर्देशक, स्वास्थ्य कार्यालय मोरङ्ग, सुनसरीका प्रमुखज्यूहरु, उप महानगरपालिकाका तथा नगरपालिकाका मेयरज्यूहरु, स्वास्थ्यकर्मी, चिकित्सक, विश्व स्वास्थ्य संगठन  र बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर र चिकित्सकहरुको उपस्थिती रहेको थियो ।   इटहरी उप महानगरपालिका: -    यस उप महानगरपालिकामा मिति २०७६/०२/१९ गते देखि आषाढ १ गते सम्म जम्मा ७ जनामा डेंगु रोग देखा परेको । -    रोग नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालय, उप महानगर पालिका उपस्थिती मा इटहरी अस्पतालका मे.अ.को अध्यक्षतामा RRT को वैठक वसि नियमित रुपमा क्रियाकलापहरु भइरहेको । -    रोग प्रकोप क्षेत्र तथा प्रकोप हुन सक्ने सम्भावना भएको स्थानहरुमा समयामानै नियन्त्रण गर्नका लागि कर्मचारीहरुलाई जिम्मेवारीका साथ परिचालन गरि सकिएको । -    उप महानगरपालिकाको सवै स्थानहरुमा जनचेतना मूलक कार्यक्रम र डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भानष्ट गर्ने कार्यक्रमहरु नियमित रुपमा संचालन भई रहेको ।   स्वास्थ्य कार्यालय: मोरङ्ग -    स्वास्थ्य कार्यालय मोरङ्गका प्रमुख श्री ज्ञान वहादुर वस्नेत र फोकल पर्सन उत्सव पोख्रेलसंग समन्वय गर्दा मोरङ्ग जिल्लामा मिति २०७६/३/१ गते सम्म जम्मा ९ जना डेंगु ज्वरो देखा परेको । -    सो विरामी एकै स्थानको नभई मोरङ्ग विभिन्न नगरपालिकाको भएको । -    रोग नियन्त्रण तथा प्रचार प्रसारको लागि  जिल्ला मातहतका RRT लाई जानकारी गराई सकिएको जानकारी प्राप्त भयो । -    स्वास्थ्य कार्यालय मोरङ्ग र नगरपालिकाको सहकार्यमा डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भानष्ट गर्ने कार्यक्रमहरु नियमित रुपमा संचालन भई रहेको ।   २०७६।२।२५ गते -    RRT द्वारा धरान १९ मा जनचेतना तथा घर दैलो अभियानको अगुवाइ गरिएको । -    एमविविएस, नर्सिङ्ग तथा एमपिएच अध्ययनरत विधार्थीहरुलाइ डेङ्गु नियन्त्रणको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको । -    विभिन्न टोलहरुमा घरदैलो अभियान जारी -    हाल सम्मको विरामी सख्या -    BPKIHS घोपाको २०० -    बाहिरको ४० गरी -    जम्मा २४० जना ।   मिति: २०७६/०२/२४ गते -    विहान ८ वजे प्रदेश न १ सम्माननीय सभामुख, माननीय सामाजिक विकास मन्त्रीज्यू, BPKIHS को उपकुलपति तथा अस्पताल निर्देशक ज्यूको समेत उपस्थितिमा  RRT सदस्यहरु सँग डेङ्गुको अवस्थाको बारे छलफल र स्थलगत निरिक्षण । -    वडा नं १४ मा किटजन्य रोग नियन्त्रण तालिम केन्द्र तथा अनुसन्धान केन्द्र हेटौडाको सहयोगमा लामखुट्टे तथा लार्भा समाति अन्य वडाहरुमा प्रदर्शन तथा लार्भा चिनाउने अभियान जारी -    RRT द्वारा धरान उपमहानगरपालिका वडा नं ९ मा जनचेतना तथा लार्भा र लामखुट्टे प्रदर्शन गरी स्थानीय वडा वासी लाइ जानकारी गराईएको। -    वडा नं १० मा विभिन्न स्थानमा घरदैलो तथा लार्भा नष्ट गरी सैनिक भवनमा जनचेतना कर्यक्रम संचालन गरिएको । -    स्थानीय कृति टेलिभिजन द्वारा प्रदर्शन हुने विभिन्न विशेषज्ञ चिकित्सक सहित RRT को सदस्यहरुको उपस्थितिमा डेङ्गु सम्वन्धी जनचेतनामुलक कार्यक्रमको छायाङ्कन गरिएको  ।   मिति: २०७६/०२/२३ गते वेलुका ५ बजे  -    २०७६।१।३० गते ३ जना वालवालिकामा डेङ्गु भएको BPKIHS बाट प्रमाणित भएको।२०७६।१।३१ गते BPKIHS बाट Fogging Machine माग गरि वडा नं १५ मा फगिङ्ग कार्य शुरु गरि हालसम्म जारी रहेको । -    २०७६।२।१ गते देखि वडा नं १५ को विभिन्न स्थानमा स्वास्थ्य शाखा द्वारा जनचेतना कार्यक्रम संचालन भएको । -    विभिन्न निजी तथा BPKIHS बाट डेङ्गु प्रमाणित भएको विरामीहरुको तथ्याङ्क संकलन कार्य गरिएको । -    २०७६।२।२ गते माननीय स्वास्थ्य राज्यमंत्रीज्यूलाइ डेङ्गुको अवस्थाबारे जानकारी गराईएको । -    २०७६।२।९ गते BPKIHS संग नियन्त्रणको लागि लिखित सहयोग माग गरिएको । -    २०७६।२।९ गते वडा नं १५ को वडा कार्यालयमा टोल विकास संस्था र सरोकारवालाहरु संग छलफल तथा जनचेतना कार्यक्रम गरिएको । -    २०७६।२।११ गते वडा नं १५ गते डेंगु नियन्त्रणका लागि जनचेतना कार्यक्रम तथा लार्भा नष्ट गर्न घरदैलो अभियान समेत गरिएको । -    २०७६।२।१२ गते वडा नं १५को चुमलुङ्ग भवन र कृष्ण पथमा सर्वसाधारणलाइ जनचेतना तथा लार्भा पहिचान कार्यक्रम संचालान गरिएको । -    २०७६।२।१५ गते BPKIHS बाट RRT गठन गरिएको । -    २०७६।२।१६ गते सुनसरी जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी श्री ध्रुवकुमार खडका ज्यूको उपस्थिति मा च्च्त् लगायत नगर विपद व्यवस्थापन समिति कार्यपालिका सदस्यज्यू संग छलफल गरिएको -    २०७६।२।१७ गते वडा नं ५ मा RRT द्वारा जनचेतना तथा लामखुट्टेको लार्भा नष्ट गर्ने घरदैलो अभियान चलाईएको । -    २०७६।२।१७ गते वडा नं १५ को सदन सभाहलमा RRT द्वारा जनचेतना कार्यक्रम संचालन गरिएको । -    २०७६।२।१७ गते ४ वटा फगर खरीद गरिएको । -    २०७६।२।१८ गते वडा नं १ र १४ र १५ मा जनचेतना तथा लार्भा नष्ट गर्ने अभियान संचालन भएको । -    २०७६।२।१९ गते स्वास्थ्य सेवा विभाग महानिर्देशक ज्यू लगाएको टोली बाट स्थलगत निरीक्षण, छलफल, ङ्गुको विरामीसंग भेटघाटतथा डेङ्गु प्रभावित स्थानहरुको स्थलगत अवलोकन भएको । -    २०७६।२।२० गते जिल्ला विपद व्यवस्थापन समितिको अगुवाइ तथा श्रीमान प्रजिअ प्रेमप्रकाश उप्रेति ज्यूको उपस्थितिमा धरानको समिक्षा तथा अन्य पालिकामा हुन सक्ने संभावित प्रकोपबारे छलफलमा RRT सहभागी -    २०७६।२।२१ वडा नं ६ मा जनचेतना कार्यक्रम संचालन -    वडा नं १५ मा विभिन्न २६ वटा समूह बनाइ लार्भा नष्ट गर्ने अभियान जारी -    २०७६।२।२२ विश्व वातावरण दिवसलाइ समेटि धरान उपमहानगरापालिका तथा RRT को सहभागितामा लार्भानष्ट गर्ने गरी विशाल जनसहभागित सहित Rally आयोजना -    २०७६।२।२२ गते RRT द्वारा वडा नं १७ मा राजनैतिक पार्टीको आमसभामा समेत जनचेतना कार्यक्रम -    BPKIHS, घोपामा आज सम्मको विरामी संख्या १३८ -    अन्य अस्पतालहरुमा २५ -    जम्मा विरामी संख्या  १६३

Read More
धरान उप महानगरपालिकामा फैलिएको डेंगु रोगको वस्तुस्थिती

Jan 1

हैजा सम्बन्धि जानकारी

मिति: २०७६-०१-२६    हैजा संक्रमण देखिएको ठाउँबाट संकलन गरिएको पानीको नमुना परिक्षणको नतिजा :   काठमाडौँ महानगरपालिका वडा न १३, हैजा संक्रमित बिरामीको घरबाट ल्याईएको ३ वटा पानीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको परीक्षण नतीजामा ३ वटै पानीमा प्रसस्त मात्रामा Coliform भेटिएको र पानीमा हैजाको जीवाणु नभेटिएको ।   मिति: २०७६-०१-२४ ,दिउसो ४:०० बजे - काठमाडौँ महानगरपालिका वडा न. १३ निवासी, ४५ बर्षीय पुरुष झाडापखालाको बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचारको लागी मिति २०७६-०१-१७ गते भर्ना भएको । - उक्त बिरामीको दिसाको नमुना संकलन गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु दुवैमा परीक्षण गर्दा मिति २०७६-०१-२२ गते हैजा प्रमाणित भएको । - इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट उक्त बिरामीको घर गई स्थलगत निरिक्षण गरेको र बिरामीको स्थिती बुझ्दा सामान्य रहेको र अन्य परिवारका कुनै पनि सदस्यमा झाडापखाला नदेखिएको । - बिरामीको घरबाट विभिन्न स्रोतका ३ वटा पानीको नमुना संकलन गरी पानीको परिक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा लगीएको र परीक्षणको नतिजा आउन बाँकी । - हाल स्थिति सामान्य रहेको ।

Read More
हैजा सम्बन्धि जानकारी

Jan 1

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा फैलिएको झाडापखालाको अवस्था

गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखालाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट आज  मिति २०७६।०१।२० गते प्राप्त रिपोर्ट अनुसार   गुल्मी जिल्लाको मुसिकोटमा नगरपलिका वडा न ४, दजाकोटमाबाट ४ वटा पानीको नमूना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परिक्षण गर्दा ४ वटै पानीमा प्रशस्त मात्रामा Coliform देखिएको र त्यसै गरी ४ वटा बिरामीहरुको दिसाको नमूना परिक्षण गर्दा १ जनामा Shigella flexneri भेटिएको ।    गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखालाको पछिल्लो अवस्था (मिति २०७६/०१/१८, दिउसो ४:00 बजे) गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न ४ दजाकोट मा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९३ जना बिरामीहरुको उपचार भएको । मिति २०७६/०१/१७ देखि आज मिति २०७६/०१/१८ सम्ममा कुनैपनि थप नयाँ  झाडापखालाक बिरामी नभएको र स्थिती नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको ।   गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखालाको पछिल्लो अवस्था (मिति २०७६/०१/१७, दिउसो  १:४५ बजे) गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न ४ दजाकोटमा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९३ जना बिरामीहरुको उपचार भएको । आज मिति २०७६/०१/१७ मा कुनैपनि थप नयाँ  झाडापखालाक  बिरामी नभएको र स्थिती नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको ।   मिति २०७६/०१/१६  को ६:३० बजे साझ सम्मको पछिल्लो अवस्था: गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न ४ दाजकोट मा मिति २०७६/०१/१० देखि  हाल सम्म जम्मा १९३ जना बिरामीहरुको उपचार भएको । ती मध्ये जम्मा १८५ जना झाडापखालाका बिरामी रहेका । १ जना नँया बिरामी को आज मिति २०७६/०१/१६ उपचार गरिएको जानकारी प्राप्त । ४ वटा बिरामीहरुको दिसाको नमूना र ४ वटा पानीको नमूना संकलन गरि परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा आज मिति २०७६/०१/१६ ल्याएर परिक्षण हुँदै गरेको ।  आज मिति २०७६/०१/१६ गते खानेपानी तथा ढल निकास बिभाग, काठमाडौँ बाट ल्याबका टोलिले मुसिकोट नगरपालिका वडा न ४ दाजकोटमा पुगी ४ वटा पानी को नमुना संकलन गरि परिक्षणको लागि काठमाडौँ ल्याईएको जानकारी प्राप्त । आजै स्थानीय, जिल्ला र केन्द्रवटा परिचालित टोलिले महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय लाई सरसाफई तथा स्वच्छ खानेपानी सम्बन्धि जनचेतना मूलक कार्यक्रम चलाएको। स्थिती नियन्त्रणमा रहेको ।   गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखाला र हुम्ला जिल्लाको ताँजाकोटमा देखिएको रुघाखोकीको पछिल्लो अवस्था (मिति २०७६/०१/१५, बेलुका ६:३० बजे) गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न. ४ मा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९२ जना झाडापखालाका बिरामीहरुको उपचार गरिएको जस मध्ये २५ जनाको मिति २०७६/०१/१५ उपचार गरिएको । ४ वटा बिरामीहरुको दिसाको नमूना र ४ वटा पानीको नमूना संकलन गरि थप परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ल्याउदै गरिएको ।  स्थिती नियन्त्रणमा रहेको ।   गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४, दजाकोटमा फैलिएको झाडापखालाको मिति २०७६/०१/१५ को अवस्था: झाडापखालाका विरामी मिति २०७६/०१/१० देखि देखा परेको र शुरु भएको । स्वास्थ्य कार्यालय, गुल्मी र मुसिकोट न.पा.बाट Rapid Response Team सहित स्वास्थ्यकर्मीको टोली आवश्यक औषधी सहित सो रोगको नियन्त्रण तथा व्यस्थापन गर्न परिचालन भएको । हालसम्म १६७ जना झाडापखालाको विरामीको उपचार भइसकेको । मिति २०७६/०१/१४ गते एक जना १२ वर्षिय बालकको झाडापखालाको कारण स्वास्थ्य संस्थाको सम्पर्कमा नआई घरैमा मृत्यु भएको । ६ जना बिरामीलाई जिल्ला अस्पताल गुल्मीमा रिफर गरिएको र १ जनाको भरतपुर अस्पताल, चितवनको आई.सि.यू. मा उपचार भईरहेको । सो मुहानको पानीको नमूना संकलन गरि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पामा परिक्षण गर्दा प्रशस्त मात्रामा Coliform देखिएको । गुल्मी अस्पतालमा ५ जना विरामीको जाँच गर्दा इन्टामिवा हिस्टोलाइटिका Entamoeba histolytica परजिवी देखा परेको र साथै अरु विरामीको दिसा नमूना र पानीको नमूना संकलन गरि थप परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ल्याउदै गरिएको । विरामीहरुलाई स्थानीय स्कुलमा स्वास्थ्य शिविर संचालन गरि उपचार भईरहेको । हाललाई स्थानीयहरुले खानेपानीको बैकल्पिक मुहान प्रयोग गरिरहेको । पानी उमालेर खान सल्लाह तथा सुझाव दिइएको । यस महाशाखाबाट रोग नियन्त्रण तथा व्यवस्थापन गर्न थप परिक्षणको लागि नमूना संकलन गर्न विश्व स्वास्थ्य संगठनका चिकित्सक सहितको टोली मिति २०७६/०१/१३ गतेदेखि प्रभावित स्थलतर्फ परिचालन गरिएको । मिति २०७६/०१/१४ गतेका दिन जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, गुल्मी अस्पतालका मे.सु. तथा विश्व स्वास्थ्य संगठनका चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुसंग बैठक वसी नियन्त्रणका कार्य अगाडी वढाइएको । स्थिती नियन्त्रणमा रहेको ।

Read More
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा फैलिएको झाडापखालाको अवस्था